थप ७ जनामा कोरोना संक्रमणको पुस्टि ,

जेठ १० ,काठमान्डौ – नेपालमा थप ७ जनामा कोरोना संक्रमणको पुस्टि भएको छ।

रुपन्देहीको गैडहवामा- ३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९१ पुगेको छ । योसँगै नेपालमा आज मात्र ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

lekbesi

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो ३६ जना र बिहान ३२ जनामा संक्रमण पुष्टि भएको थियो ।