काठमान्डौमा फोहोर व्यवस्थापन नहुँदा झन् जोखिम ,
जेठ ११ ,काठमान्डौ – राजधानीका विभिनन स्थानमा घरमा फोहोरका थुप्रो हरु भरिएका छन्।
कोरोना संक्रमणको महामारी र बन्दाबन्दिले फोहोर उठाउने गाडी समयमा नआउदा नागरिकलाई रोगको थप महामारी फैलिनसक्ने विज्ञहरु बताउछन।
लकडाउनले घरमै बसेका आम तमाम नागरिकहरु बाहिर निक्लन समेत पाउदैनन। दैनिक जसो बाहिर भित्र गरिरहेका उनीहरुलाई कोरोनाले मात्र नभई विभिनन प्रकारका रोगले आक्रमण गर्ने समेत देखिन्छ।
घरमा बसेका धेरै वृद्द बृद्दाहरु कम्मर दुख्ने ,ढाड दुख्ने ,डिप्रेसन्मा जाने,एकहोरो हुने ,घरेलु हिँसा जस्ता समस्याहरु बढिरहेको देखिन्छ।
फोहोर उठाउने नगरपालिकाको गाडी महिनौ नआउँदा काठमान्डौबासिले थप गुनासो गरेको देखिन्छ।
उनीहरुको घर घरमा मात्र नभई सडक पेटीमा समेत फोहोरको डङ्गुर भरिने गरेको पाईएको छ।
तेस्तै सरकारले गत वर्षको चैत ११ गतेबाट गरेको लकडाउनले झन्डै ३ महिना सम्म महिपि क्षेत्रमा फोहोर उठाउने गाडी नआएको स्थानीय टोल बासि बताउछन।
फोहोर घरका कोलिया भरि छ ,कुहिएर किरा परिसक्यो ,मच्चर भरिभराउ छन् हामीलाई थप रोगको चुनौती नआउला भन्न सकिन्न महिपि बासि गुनासो पोख्छन।