अनमोल केसी चलचित्र ‘क्याप्टेन’ को तयारीमा, दोस्रो हिरोइनमा प्रियंका फाइनल ,,
वैशाख ५ , नायक अनमोल केसी नयाँ चलचित्रको तयारीमा लागिरहेका छन् उनको अब नयाँ चलचित्र ‘क्याप्टेन’ आउदैछ अनमोल चलचित्र क्याप्टेन को लागि अहिले फुटबल सिकिरहेका छन् । बिहान नृत्य, दिउँसो फुटबलको स्किल र बेलुकी फुटबल खेल्दै दैनिक दिन बिताई रहेका छन ।गत महिना पहिले मात्र उनको चलचित्र कृ रिलिज भयको थियो , क्याप्टेन मा उनका बाबु भुवन केसीले लागनी गर्दैछन , कृ ले अपेक्षाकृत् सफलता नापयका कारण अनमोल केसी यो प्रोजेक्टमा निकै गम्भीर देखिन्छन ।
‘कृ’ले अपेक्षाकृत सफलता नपाएका कारण अनमोल यो प्रोजेक्टमा निकै गम्भिर देखिन्छन् । बाबु भूवन केसीको लगानीमा बन्न लागेकाले पनि चलचित्रप्रति उनको अत्यधिक लगाव छ ।
क्याप्टेन चलचित्रको कथाले २ नायिका माग्छ । चलचित्रको लिड हिरोइनमा उपासना सिंह ठकुरी फाइनल भैसकेकी छिन् र दोस्रोमा प्रियंका एमवी चेरीलाई फाइनल गरियको छ । दुवै नायिका फ्रेश हुन् , चलचित्र क्याप्टेनलाई दिवाकर भट्टराइले निर्देशन गर्दैछन् ।