Simta
Simta
lekbesi

मुख्यमन्त्री शाहीले आफुलाई सुरक्षा हैन नगरिकालई हो भन्दै सुरक्षाकर्मि राख्न चाहेनन् ,

Gurvakot

जेठ ११ ,कर्णाली प्रदेशका मुख्यमन्त्रीले महेन्द्रबहादुर शाहीले सरकारले आफुलाई खटाईका सुरक्षाकर्मी जिल्ला प्रहरी कार्यालयमा पठाएका छन् ।

शाहीले कोरोना महामारीको बीचभरि आफुलाई खटाईएक सुरक्षाकर्मी जिल्ला प्रहरी कार्यालयमा पठाएक छन्।

शाहीले आफुलाई असुरक्षित महसुस नगरेको र विषम कोरना महामारीको बेला जनताको लागि सुरक्षा आवस्यक रहेको बताएका हुन्।

lekbesi

मुख्यमन्त्री शाहीले अगाडी भनेका छन् ,देश र जनता असुरक्षित भईरहेकोबेला म सुरक्षा घेरा भित्र बस्दिन मैले असोभनिय ठानेको छु।

शाहीको सुरक्षामा ८ जना सुरक्षाकर्मी खटिएका छन् जसमध्य एक/एकजना सई, असई, हवल्दार र चारजना सिपाही गरी ७ जना प्रहरी र एकजना ड्राइभर छन् ।

आफुलाई भन्दा पनि कर्णाली बस्तीमा भएका जनताहरुलाइ स्वास्थ्य, शिक्षा, शान्ति सुरक्षामा ध्यान पुर्याउनु मेरो पहिलो कर्तव्य ठानेर यो निर्णय गरेको छु उनले भने।

तेस्तै कर्णालीका नागरिक करिब ३० हजारको हाराहारीमा भित्रिने पनि उनले रंग दर्पणलाई जानकारी गरे।

भारतका सिमा नाकामा अलपत्र परेका कर्णाली बासीलाई उद्दार गर्नु आफ्नो पहिलो काम कर्तब्य रहेको पनि उनले बताए।

अहिले करिब २ हजार बढीको उद्दार भईसकेको छ ,अलपत्र परेका सबै कर्णाली बासीलाई सुरक्षित साथ् प्रदेश ,स्थानीयमा पुर्याउछौ जसको व्यवस्थापन भईरहेको छ।

संसारलाई नछोडेको कोरोनाले कर्णाली प्रदेशलाई पनि छोयो यसमा म दु:खित छु तर यसको रोकथाम र नियन्त्रणमा कर्णाली प्रदेश तिब्र ढंगले अगाडी बढेको छ शाहीले भने।

कर्णाली प्रदेशमा बनाईएका क्वारेईनटाईनले जनशक्ति धान्न नसक्ने भएकोले विभिन्न स्थानमा क्वरेईनटाईन स्थल हेरिने र थपिने पनि शाहीले बताए।

विभिन्न जिल्लका नगरपालिका ,गाँउपालिका ,स्थानिय तहका कर्मचारी अध्यक्ष ,स्वास्थ्यकर्मी ,सुरक्षाकर्मिलाई जतिसक्दो नागरिकको सुराक्षमा केन्द्रित हुनपनि शाहीले निर्देशन गरेको बताए।

भारतबाट लुकिछिपी आउनेबाट कोरोना बढेको भन्दै तत्काल सुरक्षित सबै नागरिकको व्यवथापनसहित उद्दारमा जुटेको पनि उनले बताए।

Simta