जनकपुर अस्पतालबाट कोरोना संक्रमित झ्याल फोरेर फरार ,

जेठ ११ ,काठमान्डौ – प्रादेशिक अस्पताल जनकपुर अस्पताको आइसोलेसनबाट एक कोरोना संक्रमित व्यक्ति भागेका छन् ।

आइतबार बिहानै अस्पतालको कक्षमा रहेका ४० वर्षीय कोरोना संक्रमित भागेका हुन्।
संक्रमितको मानसिक स्थिति ठिक नभएकाले उनले पटक-पटक भाग्ने प्रयास पनि गरेका थिए, आज बिहान उनी झ्याल फोडेरै भागेका छन।

उनले शनिबारमात्र अस्पतालको सिसिटिभी क्यामेरा समेत फोरेका थिए। संक्रमित भागेपछि गाँउ त्रसित बनेको छ ।

lekbesi

,प्रहरीले उनको खोजि भईरहेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।