सुत्केरीलाई निजि अस्पतालले भर्ना लिन नमान्दा ज्यान गयो , ,

जेठ ११ ,काठमान्डौ – संखुवासभाबाट हेलिकप्टरमा उद्दार गरि काठमान्डौ थापाथलीस्थित प्रसूति गृह ल्याईएकि सुत्केरी मृतक गंगा कार्कीको कोरोना परीक्षण रिपाेर्ट नेगेटिभ आएको छ।

शुक्रबार राति मृत्यु भएकी उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका लागि स्वाब पठाइएको थियो ।

शनिबार राति नै उनको रिर्पोट नेगेटिभ आएको अस्पतालका निर्देशक डा.जागेश्वर गौतमले बताए ।

lekbesi

‘उनलाई भेन्टिलेटरको अभावमा हुँदा मृतु भएको पाईएको छ। उनलाई न्यूरो सम्बन्धी उपचार खाँचो भएको र त्यसको लागि भेन्टिलेटरसहितको आईसीयू आवश्यक रहेपनि अन्य सरकारी अस्पतालले भर्ना लिन मानेका थिएनन।

उपचारको अभावमा शुक्रबार राति नै उनको मृत्यु भएको थियो ।