अन्तरजातीय विवाह गर्न खोज्दा युवकलाई हत्या गरि भेरीनदीमा फालियो ,

जेठ ११ ,जाजरकोट – अन्तरजातीय विवाह गर्न गर्न खोज्दा जाजरकोटका युवकलाई पश्चिम रुकुम चौरजहारीमा हत्या गरि भेरीनदीमा फालियोको पाईएको छ भने ६ जना अझै वेपत्ता रहेका छन्।

विवाहका लागि प्रेमिका लिन गएका जाजरकोट भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज विकको हत्या भएको हो।

युवक हत्याको आरोपमा चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष डम्वरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल र आमा प्रकाशी मल्लसहित पाँचजनालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक धर्मसिंह विष्टले बताए ।घटनामा संलग्नलाई नियन्त्रणमा लिने क्रम झैँ जारि रहेकोको पनि बिस्टले बताए।

lekbesi

भेरी नगरपालिका वडा नम्बर ४ राना गाउँका २१ वर्षीय नवराज विककी प्रेमिका पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीकी १७ वर्षीय सुस्मा मल्ल हुन्। बेहुलीको रुपमा भित्र्याउन शनिबार १९ जना युवासहित गाउँ पुगेका थिए।

तेहीबेलावडाध्यक्ष वीरबहादुर मल्लसहित सोतीका गाउँलेहरुले आक्रमण गरेर लखेट्दा नवराजको भेरी नदीमा खसेर मृत्यु भएको र अन्य ६ जना बेपत्ता भएको प्रहरी निरीक्षक विष्टले बताए ।

सुसमालाई लिन नवराज सहित युवाको समूह सोतो पुगेपछि बेहुली पक्षका आमाबुवाले गाँउलेहरुलाई बोलाएर आक्रमण गरेका थिए।

पिडित पक्षले भने युवक नवराजलाई हत्या गरि भेरिनादीमा फालेको बताएका छन् ६ जना अझै वेपत्ता रहेको र उनीहरुको खोजि तिब्र रुपमा भईरहेको प्रहरीले बताएको छ।

घटनामा जाजरकोटको भेरी नगरपालिका ४ का गणेश विक, भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, सन्दीप विक र पश्चिम रुकुमको चौरजहारी नगरपालिकाका टीकाराम सुनार बेपत्ता भएको प्रहरी निरीक्षक विष्टले बताए ।

स्थानीयले भने तल्लो जातले ठकुरीको छोरी भगाउन खोजेको भन्दै अध्यक्ष सहित केटिका आमबुवा र गाँउलेले लखेटेको थिए।

घटनापछि प्रहरी सम्पर्कमा गएका १२ जनामध्ये भेरी नगरपालिका वडा नम्बर ४ का सुदीप खड्का गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

मृतक नवराजको लास जाजरकोट र पश्चिम रुकुमको सिमाना रहेको धल्ला स्थित भेरी नदीको किनारामा भेटिएको प्रहरीले जनाएको छ ।

नवराजसँगै सोती पुगेका अन्य १२ जना इलाका प्रहरी कार्यालय चौरजहारीमा रहेको र उनीहरुसँग घटनाका बारेमा सोधपुछ गर्ने काम भइरहेको प्रहरी निरीक्षक विष्टले जानकारी दिए ।

मृतकको सवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको जाजरकोटका प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले बताए ।

घटना जातीय विभेदका कारणले घटेको भए गम्भीर अपराध ठहरिने दलित अधिकारकर्मी बताउँछन् ।

केटा र केटीको मन मिले जातीय विभेदको नाउँमा कसैले पनि रोक्न नमिल्ने तर उमेर नपुगेको र सहमती नभएको भए पनि भौतिक आक्रमण गरेर ज्यान लिने हर्कत अक्षम्य नहुने दलित अधिकारकर्मी वीरबहादुर विकको भनाइ छ । यस्तो घटनामा संलग्न जो कोहि भए पनि सजायको भागी हुनै पर्ने उनको भनाइ छ ।