सुर्खेत सिम्ता ४ का दुई जनामा कोरना संक्रमणको पुस्टि ,

जेठ १३ ,काठमान्डौ – सुर्खेत सिम्ता गाँउपालिका ४ का दुई जना पुरुषमा कोरोना संक्रमणको पुस्टि भएको छ।संक्रमित एक जना ३५ र अर्का ४९ वर्षका रहेका छन्।

मंगलबार कोरोना पुस्टि भएका १२ जना मध्ये २ जना सिम्ताक रहेको स्वास्थ्य महाशाखा प्रमुख डा लक्ष्मी नारायण तिवारीले विज्ञप्ति मार्फत जानकारी गराएका हुन्।

अध्यावधिक विवरण अनुसार कर्णाली प्रदेशमा कोरोना संक्रमित संख्या २३ पुगेको पनि उनले जनाएका हुन्।

lekbesi

बबई र सुब्बाकुना नाका तथा खुलामञ्चस्थित क्वारेन्टाइनबाट ‘र्‍यान्डम्ली’ लिइएका स्वाबको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएको कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताएका हुन् ।