जाजरकोटका दलित युवाको हत्या प्रकरण छानबिन गर्न ५ सदस्यीय समिति गठन
जेठ १३ ,काठमान्डौ – सरकारले रुकुमको जातिय हिंसाबारे अध्ययन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
गत १० गते रुकुम चौहरजारी नगरपालिका वडान ८ सोतिमा जाजरकोट भेरीगगा नगरपालिका वडान ४ रानागाउँका नबराज बि क को कुटपिट गरि हत्या गरिएको थियो।
रुकुम पश्चिम चौरजाहारी वडा नम्बर-८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जारजरकोट भेरी नगरपालिका वडानम्बर ४ का २१ का नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए ।
त्यसबेला वडाअध्यक्ष सहित सिंगो गाँउनै जाईलागेर दलितले मल्लको छोरी लैजान खोजेको भन्दै कुटपिट गरेर हत्या गरिएको थिय। कुटपिटबाट घटनामा ३ जनाको शव फेला परेको छ भने अझै ३ जना बेपत्ता छन्।
गृहमन्त्री रामबहादुर थापाले घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन दिन गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी उपरीक्षक, अनुसन्धान विभागको अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहमन्त्रालयको उपसचिव रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए ।
जजरकोटका वर्ष १८ का लोकेन्द्र सुनार, वर्ष १७ का गोविन्द शाही, वर्ष १७ का सञ्जु विक वेपत्ता रहेको र उनीहरुको खोजीका लागि गोताखोर परिचालन गरिने मन्त्री थापाले जानकारी दिए ।