थप ९० जनामा कोरोना संक्रमणको पुस्टि ,

जेठ १३ ,काठमान्डौ – नेपालमा थप ९० जनामा कोरोना संक्रमणको पुस्टि भएको छ।

२४ घण्टाको अवधिमा सो संक्रमण थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।

यो संगै नेपालमा संक्रमितको संख्या ७७२ पुगेको छ भने १५५ जना निको भएर घर फर्किसकेका छन्। यो सनागी नेपालका ४६ जिल्लामा कोरोना फैलिसकेको छ।

lekbesi