साठ्ठी लाख दलितले कहिले सम्म पाउँछन जातीय बिभेद उन्मुक्ति,

जेठ १३ ,काठमान्डौ -राष्ट्रिय युवा संघ नेपालका नेता एवाम बन तथा वातावरण मन्त्रालयका सचिवालय सदस्य धिरज उपरकोटीले जाजरकोटबाट रुकुम दुलही लिन गएका नवराज बिक सहित ६ जनालाई जातियका नाममा हत्यागरिनु दु:खद रहेको बताएका छन्।

यो घटनाले एक्काईसौं शताब्दीकाे मानव समाज र अहिलेको हाम्रो गणतन्त्र र धर्म निरपेक्षता, र बौद्धिक, पिएचडी, हामी राजनीतिक गर्ने हरूको धज्जी उडाएको र हामी राजनीतिक परिवर्तनको लागी लड्ने हरूलाई सबैलाई लज्जित बानएको पनि उनले बताएका हुन्।

रुकुम पश्चिमको चौरजहारीमा भएको उक्त घटना बर्बर भएको र उक्त घटनामा संलग्न सबैलाई कानुनकाे दायरामा ल्याई कडा भन्दा कडा सजाय गर्न र भोलि को दिनमा अरू नवराज बिक हरू ज्यान गुमाउन नपरोस भन्दै राष्ट्रिय युवा संघ नेपालका नेताले सरकार समक्ष माग गरेका छन।

lekbesi

हाम्रो नेपालमा यस्ता घटना हरू धेरै हुदै आएको छ ,कहिले दलितको छोरी माथिल्लो जातसंग प्रेम बिबाह गरेकै कारण मानसिक यातना र डिभोर्स दिन लाउने र कतै हत्या हुने गरेका छन कतै दलितको छोरी बाट जन्मिएको बच्चाको नागरिकता बनाउन नदिने घटना यो समाजमा धेरै हुने गरेको पनि उनले जनाए ।

हामी दलित हरू कहिले मन्दिर भित्र प्रवेश गरेको निउँमा कहिले प्रसाद छोयको निउँमा कहिले धारमा पानि छोयको निउँमा कहिले बिबाह मा भान्छा छोयको निउँमा दलित हरूले पिटाई खादै अन्याय भोग्नु परेको ।

हैन अबको युगमा पनी लोकतन्त्र,गणतन्त्र र भयको देशमा यस्तो हुँदा पनी खै केले मान्छे हरूलाई विभेद बड्दै छ अहिले हाम्रो समाजमा पढेलेखेका बौद्धिक पिएचडी गर्ने हरू दैनिकी बड्दै छन तर पनी यो समाजमा कुरिति सामजिक सस्कृति रूपमा परिवर्तन भयको खासै छैन ।

अब यस्तो होसकी कुनै पनी नागरिकले दलित माथी जुन असामाजिक ब्याबहार गर्छ त्यसलाई १० बर्ष देखि १५ बर्ष सम्म जेल सजाय लागु गर्नु पर्छ नाकी कोहीपनी नागरिक हरूले दलित हरू लाई गर्ने ब्याबहार भन्दा पहिले यो कानुनको कुरा थाहा होस ।

राज्यले पनी कानुन बनायो तर सबै जिल्ला टोल टोलमा यो कानुनको शिक्षा र जनचेतना पुराउन सके। हाम्रो देशमा कानून संशोधन हुन नसकेका कारण हरेक दिन विभेदका घटनाहरू बढिरहेका छन् ।

जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन, २०६८ को पहिलो संशोधन, २०७५ मा जातीय भेदभाव तथा छुवाछुत गर्नेलाई कसूरको अवस्थाअनुसार एक महिनादेखि ३ वर्षसम्म कैद र २० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवानाका साथै दुई लाखसम्म क्षतिपूर्ति पीडितलाई भराइदिने व्यवस्था गरिएको छ ।

तर पँधेरो, स्कुल, मन्दिर, अस्पताल, सार्वजनिक सवारी साधन, मेला, समारोह इत्यादि स्थानमा दलित भएकै कारण अपमानित र पिटाई खानु परेको छ। कानुनमा एउटा कुरा हुन्छ तर यीसबै घटना हरू गाउँमा राजनीतिक सामजिक आर्थिक प्रलोभनको रूपमा गाउमै थमाईन्छ ।

तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगेका थिए ।

कथित दलित समुदायका नवराज र ठकुरी समुदायकी ती युवतीको ‘जात’ नमिले पनि उनीहरु विवाह बन्धनमा बाँधिन चाहन्थे । तर, नवराजका आमाबाबालाई भने अन्तरजातीय विवाह मन परेको थिएन ।

जब उनीहरु घर नजिकै पुग्दा युवतीभन्दा, युवतीकी आमाको नजर युवामा पर्यो । त्यसपछि उनले “जति पिटाइ खाए पनि केही लागेन है, फेरि आइस् आज त मारेर फालिन्छ” भन्दै गाउँका मानिसलाई बोलाएपछि युवामाथि कुटपिट सुरु भएको थियो ।

नवराजको शनिबार नै मृत्यु भयो भने ज्यान बचाउन नदीमा हामफालेकामध्ये चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ का गणेश बुढाको पानीमै डुबेर मृत्यु भयो ।

कुटाइबाट घाइते भएका युवाले पानीमा पौडिन नसक्दा मृत्यु भएको घाइतेले बताएका छन् । अन्य भेरी नगरपालिकाका सन्दीप विक, लोकेन्द्र सुनार र गोविन्द शाही अहिले पनि बेपत्ता छन् ।

अहिले नवराज बिक सहित तिन जना युवाको हत्या भयको छ ।केही बर्ष पहिले कालिकोटमा चिया पसलमा चिया छोयको निउँमा कुटपिट गरी हत्या जुठे नेपालीको घटना अझै रास्ट्रिय मिडियामा आएको छैन।अहिलेको यो ताजा रुकुमको घटनाले ६०. लाख दलित हरूलाई त्रसित बनाएको छ।

यो रुकुमको घटना घटाउने दोषिहरू माथि हदै सम्मको कारबाही गरियोस मुलिकी ऐन संसोदन गरेर भयन भोलिको दिनमा ६०. लाख दलित हरूले छुटै न्यायको अनुभुति गर्न पाउन कसैको छोरा छोरी ले जातकै कारणले ज्यान गुमाउन नपरोस र अन्य अत्याचार सन नपरोस ।

तत्कालिन नेकपा (माओबादी)ले जनयुद्धको एउटा नाराको रुपमा ‘जातीय भेदभाबको अन्त्य’लाई उठान गरेको थियो,। जसले नेपाली समाजलाई रुपान्तरणको यो बिन्दुसम्म ल्याएको उपरकोटीको ठहर छ ।

दलित हरूकै मुक्तिको लागि राप र तापमा हुर्किएका धिरज उपरकोटीले भने महान नेपाली जनयुद्धको तुफानी केन्द्र रुकुममा यस्ता घटना हुनु निन्दनीय छ।

कानुनी उपचारको पहलका लागि सरकारसंग जोडदार पहल गर्दछु र सबै देश भरिका दलित हरू एक ढिक्का भएर यसको कडा रूपमा दोषि हरू छनबिनको लागी दबाब दिउ र भोलि को दिनमा कुनै दलितका छोरा छोरी उपल्लो जात संग प्रेम बिबाह गरेकै कारण ज्यान गुमाउन नपरोस ।

हिजोको दश वर्षे जनयुद्धले छुवाछुत जातिया विभेदको ठुलो परिवर्तन ल्याएको हो तर यसलाई निरन्तरता र जनचेतनाको कमीले पनी यस्ता घटनाहरु धेरै जसो घटेका हुन्।

यसरी नै जातीय भेदभाव तथा छुवाछूतका घटना बढ्दै जाने हो भने संवैधानिक व्यवस्था भएको र संयुक्त राष्ट्रसङ्घको पक्ष राष्ट्र भएको यो राष्ट्रले महङ्गो मूल्य चुकाउनुपर्ने अवस्थालाई दृष्टिगत गर्दै जातीय छुवाछूतको सवाललाई शून्य सहनशीलता प्रभावकारीरूपमा कार्यान्वयन गरियोस् भन्दै उपरकोटीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।