संविधान संशोधन विधेयकमा दलहरुको एक रुपता ,

जेठ १३ ,काठमान्डौ -प्रधानमन्त्री केपी शर्मा ओलीले देशकाे भाैगाेलिक अखण्डता, सीमा र राष्ट्रियताकाे विषयमा निशर्त राष्ट्रिय सहमति कायम गरेर अघि बढ्न सबै दलहरूसमक्ष आग्रह गरेका छन्।

प्रधानमन्त्री निवास वालुवाटारमा करिब ३ घण्टा बसेको सर्वदलीय बैठकमा दलहरुले उक्त नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन संसदमा दर्ता भएको संविधान संशोधन विधेयकमा सहमति जनाएको तर आफुहरुलाई केहि समय दिनुपर्ने बताएका छन्।

बालुवाटारमा भएको सर्वदलीय बैठकमा कांग्रेस सभापति शेरवहादुर देउवाले संविधान संशोधनको पक्षमा मतदान गर्न आफ्नो पार्टी तयार रहेको बताए ।

lekbesi

तर पदाधिकारी बैठकले केन्द्रीय कार्य समिति बैठकमा छलफल गर्ने भएकोले केहि समय दिनुपर्ने बताएका छन्।

यस्तै बैठकमा जनता समाजवादी दलका नेता महन्थ ठाकुर उपेन्द्र यादव, डा.बाबुराम भट्टराईले संविधान संशोधन गर्दा दलित, मधेश, आदिवासीका माग समेट्न पनि सरकारलाई बताएका छन्।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता सहभागी भएका थिए उनीहरु सबैले आ आफ्नो भनाई राखेका थिए। कालापानी ,लिम्पियाधुरा ,लिपुलेख नेपालीको जमिन र नेपालीको सार्वभौमसत्ता रहेको हुनाले सबै एक् जुट हुनुपर्ने बताएका थिए।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा (राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ ।