गौरीफन्टाबाट एकैदिन ५ हजार बढी भित्रिए ,

जेठ १३ ,काठमान्डौ -सुदूरपश्चिमको गौरीफन्टा नाकाबाट मंगलबार ५ हजार १ सय ५३ जना भित्रिएका छन् ।

कञ्चनपुरको गड्डाचौकी र दोधरा चादँनी नाकाबाट भित्रिनेहरु अधिकांश सुदूरपश्चिमका रहेका छन् भने केहि कर्णाली प्रदेश र प्रदेश ५ का पनि रहेको जिल्लाप्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रबिन्द्र पौडेलले बताए ।उनका अनुसार सम्बन्धित प्रदेशमा सबैलाई पठाउने क्रम भईरहेको छ।

जिल्ला प्रशासन कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार जेठ २ गते यता कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाबाट २६ हजार १५० जना नेपाल आएका हुन् । नाकाबाट प्रदेशमा भित्रिएका अधिकांशको स्वास्थ्य परीक्षण भएको छैन ।

lekbesi

सुरुका केहि दिनमा सीमा क्षेत्रमै आरडीटी परीक्षण गरिएपनि अहिले किट नहुँदा सीमामै परीक्षण नभएको जोशीले बताए।