क्वारेन्टाइन भित्र वडाअध्यक्षको मृतु ,

जेठ १४ ,काठमान्डौ – कञ्चनपुरमा क्वारेन्टाइन भित्रै व्यवस्थापनमा जुटेका एक जना वडा अध्यक्षको मृत्यु भएको छ ।

जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का ५८ वर्षीय अध्यक्ष कल्लु रानाको मंगलबार राति कारोब १२ बजे मृत्यु भएको हो।

आफ्नै वडामा रहेको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका उनी एक्कासी बेहोस भएका थिए ।

lekbesi

रानालाई सेती प्रादेशिक अस्पतालमा उपचार गर्ने लैजाने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रैकवार विचवाका प्रहरी सहायक निरीक्षक भीमसिंह धामीले बताए।

उनीमाथि कोरोना छ वा छैन भन्ने अस्पतालले स्वाब परिक्षनपछिमात्र थाहा हुने अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले बताए।

सेती प्रादेशिक अस्पतालमा राखिएको उनको शवलाई पोष्टमार्टम गरिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र पौडेलले जनाए ।