Simta
Simta
lekbesi

प्रधानमन्त्री भन्छन लकडाउन बढ्छ नागरिक भन्छन विद्रोह हुन्छ ,

Gurvakot

जेठ १४ ,काठमान्डौ – नेपालमा कोरोना महामारीको संक्रमण नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनको आज ठिक ५६ दिन पुगेको छ।

बिहान काम गरेर साँझ पेट पाल्ने मजदुर आज सम्म कसरि बाँचेका होलान यो कसले सोच्ने।

दैनिक जस्तो नेपालमा कोरोनाका बिरामी बढिरहेका छन् ,नागरिकले लकडाउनलाई पनि पालना गरिरहेका छन्।

lekbesi

नेपालमा आज सम्मकै हिजो मात्र १०१ जनामा कोरोना संक्रमणको पुस्टि भएको छ भारतमुलुकबाट भित्रिनेको संख्या दैनिक जस्तो २ देखि ३ हजारको हाराहारीमा छ।

हिजोमात्र कैलालीको गौरीफनटा नाकाबाट ५ हजार नेपाली नागरिक भारतबाट भित्रिएका छन्।

विदेशको त कुरै नगरौ अहिले सम्म कोरोनाबाट मरेका नेपालि नागरिकोको शव वेव्स्थापन हुनसकेको छैन ,नेपाल आउन चाहने नेपालि ४० लाख भन्दा बढी छन् ।

,अन्तरास्ट्रिय ,आतारिक उडान बन्द छन् नेपालको अनुहार देखेर मर्ने नेपालको चाहना कसले पुरा गर्ने सरकारलाई पनि बाध्यता छ नागरिकले अहिले सम्म बुझेकै हुन्।

तर सरकार कँहा चुक्यो बन्दको पालना गर्दापनि नागरिकले घर भित्रै भोक भोकै मर्ने दिन आए ,आन्तरिक द्वन्द सुरु भयो अस्पताल बन्द ,गाडी बन्द ,पसल बन्द सबै बन्द आर्थिक बन्द ,उदोग कलकारखाना बन्द विद्यालय बन्द ,रेमिट्यान्स बन्द नेपालले अब थेग्न सक्ने ठाँउनै छैन।

अतः गत वर्षको चैत ११ गते देखि गरेको लकडाउन जेठ २० गते सम्म जारि छ ,प्रधानमन्त्री केपी शर्मा ओलीले अझै लकडाउन बढाउने बताएका छन्।

ओलीले रास्ट्रको नाममा सम्बोधन गर्दै नागरिकको जीवन पहिलो हो ,कोरोना संक्रमण अझै बढ्छ तेस्को उपाए भनेको लकडाउन हो भनेपछि नागरिक आक्रोशमा आएका छन्।

नागरिक भन्छन अब लकडाउन बढ्यो भने विद्रोह हुन्छ ,सामाजिक विद्रोह सडक तातिनछ ,लकडाउनको नाममा भोकै मर्न सकिदैन सरकारले दिदैन अब मरेपनि मरिन्छ तर लकडाउनको पालना गर्न कठिन छ।

सरकारले घर घरमा खाद्यान्न राहत पुर्याउने बाचा गरेपछि अहिले सम्म कुनै नागरिकले राहत पाएनन।

नागार्क घरभित्र डिप्रेसनले मर्न थालिसके ,अस्पताल जाने पैसा छैन ,किनी खाने पैसा छैन ,घर जाने बाटो छैन परिवारलाई भेट्न जाने निश्चित छैन अब लकडाउन बढ्यो भने आन्दोलन हुन्छ साहना सकिदैन।

यदि सरकारले लकडाउन बढाउने हो भने नागरिकको घरघरमा गएर कोरोन टेस्ट गर्ने र राहत उपलब्ध नगरे सरकारले ठुलो मूल्य चुकाउनु पर्ने जनताको सामुहिक आवाज छ।

सरकारले राहतको नाममा ८० करोड बाँडेको बताउछ तर नागरिकले एक मुठी चामल पाएका छैनन्।

राजधानीका विभिन्न स्थानमा घर घर कोठामा जाने हो भने हप्तौबाट भोकै बसेका नागरिक भेटिन्छन,महिनौबाट चिउरा चपाउने गरेका नागरिकसंग फोन गर्ने पैसा छैन कसलाई भन्ने राहत पाउनेले ५ केजी चामल पाए पकाउने केसमा तेस्को लागि सबै चाहिन्छ।

तत्काल सरकारले लकडाउनको मोडालिटी परिवर्तन नगरे ठुलो विद्रोह हुने नेपालमा संकेत नागरिकले गरेका छन्।

Simta