नागरिक भन्छन रुकुम घटना छानबिनमा गृहमन्त्री थापा बादलको हामीलाई विश्वास छैन,

जेठ १४ ,काठमान्डौ – अहिलेको ताजा र बर्बराउँदो घटना जाजरकोटका ६ युवा रुकुम पश्चिममा कुटपिट गरि मारीए जसले हिजो दिनभर ससंद तातियो।

सांसद नागरिकले गृहमन्त्री राम बहादुर थापा बादलले गृहमन्त्रालयको उपसचिव रहने गरि ५ जना छानबिन समिति गठन गरेको संसदमा सांसदलाइ जवाफ दिएका थिए।

तर सांसदले भने गृहमन्त्रीले छानबिन गर्लान र दोषीलाई कारबाही गर्छन भन्ने एक छेउपनि विश्वास नलागेको बताए।

lekbesi

विगतका घटनालाई हेर्दा मन्त्रि थापाले कुनैपनि काममा दोषी पत्ता लगाउन नसेको हुनाले यो घटनामा पनि तेही परिणाम दोहरिने सांसदले बताए।

तेस्तै ठुला -ठुला जघन्य अपराथ निर्मला बलात्कार काण्डका घटनालाई हेर्ने हो भने अहिले सम्म अपराधी पत्ता नलाग्नुले आफुहरुलाई दोषीलाई कारबाही हुन्छ भन्नु नागरिकले विश्वास नरहेको बताउछन।

छानबिन समिति विपक्षि पार्टी नेपाली कांग्रेसले पनि आफुहरुलाई दिन बताएको छ भने रुकुमकै जनप्रतिनिधि माननीय सांसद पुर्व गृहमन्त्री जनार्दन शर्मा प्रभावकरले आफुले सत्य तथ्य बाहिर चाहेको बताए।

घटनामा कसैले राजनीतिक नगरियोस मा टी क्षेत्रको जनाप्रतिनिधुको हैसियतले भन्छु सत्य बहिता आओस।

तर जनताले उनको विश्वास मानेन किन कि शर्माले घटनामा मारीएका युवक भाग्दाखेरि भेरी नदीमा खसेको भनेर संसद्मा बोलेका थिए जसले गर्दा जनता आक्रोसमा छन्।

शर्माको चर्को आलोचना भईरहेको छ। जाजरकोट भेरीनगरपालिकाका नवराज विक सहितको १९ जनाको टोलि रुकुम पश्चिम चौरजारी नगरपालिका ८ सोतिमा दुलही लिन गएको बेला स्थानीय वडाअध्यक्षको नेतृत्वमा दलितले मल्लको छोरि लिन खोजेको भन्दै पुरै गाँउ उठेर कुटपिट गरेको थियो।

जसमा ६ जना वेपत्ता थिए। ३ जनाको शव फेला परेको छ भने ३ जना है वेपत्ता छन्। जसको सत्य तथ्य खोजि गरि दोषीलाई कारबाही गर्न राष्ट्रिय दलित आयोग ,रास्ट्रिय मानवअधिकार आयोग नागरिकले सडक तताउने जानकारी गरेको छ।

घटनाको दोषीलाई कारबाही गर्न वडाअध्यक्ष दुलहीका आमबाबु सहित २० जनाको नाममा जाजरकोट प्रहरी कार्यालयमा किटानी जारि गरिएको छ।