गाँउ पालिकाको भुक्तानी लिन हुम्ला बाट सदरमुकाम जान ७ दिन हिड्न पर्ने वाध्यता ,,

वैशाख ५ , हुम्लामा बैंक नहुदा स्थानीय लाई  सारै दु:ख भोग्न परेको छ ।, देश संघियता मा गैसके पनि अहिले सम्म बैङ्किङ् कारोबरो गर्न ७ दिन लगायर सदरमुकाम हिड्न पर्ने हुन्छ ।, हुम्लाका बिकठ गाँउपालिकामा बैंक न हुँदा निकै सास्ती भोग्न परेको स्थानिय गाउपलिका का खर्पुनाथ निवासी विष्णु बहादुर शाहीले गुनासो गर्नु भयो ।, स्थानियले गाँउ पालिका बाट कुनै पनि कामको भुक्तानी लिन परेमा सदरमुकाम जान पर्छ, तेस्को लागि हिडेर ७ दिन लाग्ने गर्दछ ,। भौगोलिक बिगट्ताले गर्दा सरकार र राजनीति पक्ष बाट बिकाश हुन नसेको हुम्ला जिल्ला निकै पछाडी देखिन्छ।

देश अब संघियतामा गयको छ अन्य जिल्ला जस्तै बिकाश र सुविधा हुम्लामा पनि होस् हाम्रो चाहना यहि हो शाहीले फेरी भने।

कर्णाली प्रदेशमा पर्ने हुम्ला जिल्लाको एकमात्र विमानस्थल सिमिकोट छ ।, विकट ठाँउ, गाँउ बाट कुनै पनि सरकारी कार्लयको कम होस् वा कुनै रकम भुक्तानी लिन परोस हिडेर जान पर्छ तेस्को लागि सात दिन सम्म बाटो मा कुनै ठाँउमा बास माग्दै जान पर्ने हुन्छ ।असो त आवोत जावोत गर्न १४ दिन लाग्ने गर्दछ।

सुन्दर हरियाली , मनोरम्य दृश्य , चौरी डुल्ने , डम्क्क बादलले ढाकियका डांडा पाखा हुम्ली बोलि , नेपालि भाषाको उद्गम स्थल हुम्लाको सिंजा जस्ता प्रख्यात ठाँउ हरु यहाँका मुख्य आकर्षक हुन् ।