Simta
Simta
lekbesi

रुकुम चौहरजारी हत्या प्रकरण लोकेन्द्र सुनारको शव फेला ,

Gurvakot

जेठ १४ ,काठमान्डौ – रुकुम चौहरजारी घटनामा थप एक जनाको शव फेला परेको छ। जाजरकोट भेरी नगरपालिका वडा नम्बर ११ का लोकेन्द्र सुनारको भेरीनदि किनारा कुदुमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले रंग दर्पणलाई जानकारी दिएको छ।

काठमान्डौबाट रुकुम पुगेको शसस्त्र प्रहरी बलको गोताखोर टोलिले लोकेन्द्र सुनारको शव फेला पारेको हो।उनको टाउको फूटाएर डोरीले बाँधेको अवस्थामा शव फेला परेको छ। ६ जनाको हत्या र वेपत्ता घटनामा  गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता छन्।

सूचनाका आधारमा यो भन्दा अगाडी गोपाल शाहीको शव भनेर समाचार प्रकासितमा क्षमा माग्दै सच्याईएको जानकारी गराउदाछौ ।

lekbesi

हिमाली क्षेत्रमा पानि परेको र भेरिनदि धमिलो भएको कारण शव खोजीमा कठिनाई भएको गोताखोर टोलीले बताएको छ।

गत १० गते जाजरकोटबाट नवराज बिक आफ्नी प्रेमिका सुस्मा मल्ललाई लिन १९ जनाको टोलि रुकुम सोतिमा पुगेकोबेला पुरै गाँउलेले दलितले उच्च जातकी छोरी लिन मिल्दैन भन्दै कुटपिट हत्या गरि भेरिनदिमा फालेका थिए ।

सरकारले रुकुमको जातिय हिंसाबारे अध्ययन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

यो घटनामा वडाध्यक्ष डम्बरबहादुर मल्लको नेतृत्वमा भएको भन्दै हत्याको अभियोगमा प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन्।

यो घटनामा १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको पनि बताईएको छ।

वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुन मगर लगायतका २० जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी किटानी जाहेरी दिएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोरकुमार श्रेष्ठले जानकारी दिए।

 

Simta