गणतन्त्र दिवसमा प्रधानमन्त्री ओलीले लेखे बाह्रौं प्रचण्डले तेह्रौं ,

जेठ १५ ,काठमान्डौ – आज जेठ १५ गते नेपालमा २४० वर्षको राजतन्त्र अन्त्य गरि नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र दिवसको एक ऐतिहासिकदिन मानिन्छ।

प्रधानमन्त्री ओली र गणतन्त्रका पिता मानिने अध्यक्ष प्रचण्डले आजको दिन जनतालाई सुभकामना संदेश व्यक्त गरेका छन्।

तर सुभकामनामा अध्यक्ष प्रचण्डले तेह्रौं गणतन्त्र दिवस भनेर लेखेका छन् भने प्रधानमन्त्री ओलीले बाह्रौं भनेर सुभकामना ब्यक्त गरेका छन्।

lekbesi

नेपालमा गणतन्त्र दिवस स्थापनासंगै प्रतेक वर्ष जेठ १५ गते गणतन्त्र प्राप्तिकालागि विशेष कार्यक्रम गरि मनाउने गरिन्थ्यो।

यो वर्ष देशमा कोरोना महामारी भएकोले आ आफ्नो स्थानबाट दियोबालि गणतन्त्र मनाउन सरकारले आवहान गरेको छ।