रुकुम पश्चिम घटनामा रास्ट्र संघले भन्यो नेपालमा अझै जातीय विभेद रैछ दोषीलाई कारबाही होस् ,

जेठ १५ ,काठमान्डौ – रुकुम पश्चिम चौहरजारी ८ सोतीको घटनामा रास्ट्रसंघ पनि बोलेको छ।

संयुक्त राष्ट्र संघकी आवासीय संयोजक भ्यालेरी जुलियान्डले रुकुम पश्चिमको घटनामा सरकारले निष्पक्ष रुपमा छानबिन गर्ने विश्वास व्यक्त गरेकी हुन्।

गत १० गते शनिबार रुकुम पश्चिमको घटना हेर्दा नेपालमा अझै जातिय विभेद कायम रहेको बताएकि छिन।

lekbesi

भ्यालेरी भनेकी छिन्, ‘म मृतकका परिवारप्रति समवेदना प्रकट गर्न चाहन्छु र विश्वास ग‍र्छु कि नेपाल सरकारले संविधान र अन्तर्राष्ट्रिय प्रतिबद्धता बमोजिम शून्य सहनशीलता देखाउँदै यस घटनाको निष्पक्ष छानबिन गर्नेछ ।

अन्तरजातीय विवाहको विषयमा रुकुम पश्चिम सोतिमा जाजरकोट भेरीनगरपालिका ११ का नवराज बिक ,लोकेन्द्र सुनार ,गोपाल शाही ,लगायत ६ जनाको हत्या गरिएको थियो।

ति मध्ये ४ जनाको शव फेला परेको छ भने अझै दुई जना वेपत्ता छन्। नवराजकि प्रेमिका सुस्म मल्ल हुन् ,सुस्माले नवराजलाई आफुलाई लिन बोलाएपछि उनि रुकुम सोतीमा साथिहरुसंग पुगेका थिए।

सोतिमा पुगेपछी केटि पक्षका आमा बुवा वडा अध्यक्षले गाँउ गुहारेर दलितले मल्लको छोरी लिन मिल्दैन भन्दै ६ जनाको हत्या गरि भेरिनदिमा फालेका थिए।

यो घटनामा रास्ट्रिय दलित आयोग ,रास्ट्रिय मानवअधिकार आयोग विभिन्न संघ संथाले चर्को आवाज उठाएका छन्। प्रहरीले घटनामा १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।