नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृतु ,

जेठ १५ ,काठमान्डौ – कोरोना भाईरस संक्रमणबाट नेपालमा थप एक जनाको मृतु भएको छ।

ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो ।

बुधबार आएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै रहेको स्वास्थ्य कार्यालय,ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए।

lekbesi

ती व्यक्तिलाई जेठ ११ गते राति किस्ट अस्पतालमा ल्याइएको थियो।तेही रात आईसीयूमा राखिए पनि बिहान स्वास्थ्यमा समस्या आएपछि भेण्टिलेटरमा सारिएको थियो।

भेण्टिलेटरमा सारेकै दिन उनको थ्रोट स्वाब प्रयोगशालामा पठाइएको थियो ।

तर बुधबार दिउँसो ४ बजेर ५ मिनेटमा उहाँको मृतु भयो किष्टमा कार्यरत एक चिकित्सकले भने ‘अहिले ८ बजे रिपोर्ट पोजेटिभ आयो।

यो संगै नेपालमा कोरोनाबाट मर्नेको संख्या ५ पुगेको हो।