surkhet

नेपालमा गणतन्त्र ल्याउनु ठेलागाडा चडेर अमेरिका पुग्छु भनेजस्तो बाबुराम भट्टराई ,

surkhet

जेठ १५ ,काठमान्डौ – समाजवादी पार्टीका अध्यक्ष पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गणतन्त्रलाई सबैको घरदैलोमा पुर्याउने काम अझै जारि रहेको बताएका छन्।

आज गणतन्त्र दिवसको सुभकामना संदेश दिदै जनतामा निराशा ,आक्रोस बढिरहेको बेला समाजलाई अझै उन्नत दिशामा लैजाने उर्जामा परिणत गर्नुपर्ने बताएका हुन्।

दशौं हजार नेपाली जनताको वलिदानी संघर्षबाट प्राप्त गणतन्त्र मुलुकमा अझै आर्थिक ,सामाजिक ,संस्कृतिक रुपान्तरणको काम बाँकी रहेको उल्लेख गरेका हुन्।

Dailekh

नेपालमा अहिले गणतन्त्र ल्याउनु भनेको ठेलागाडा चडेर अमेरिका जान्छु भनेजस्तै भन्नेहरुको हातमा सत्ता पुगेको पनि भट्टराईले बताए।

गणतन्त्रको विकल्प उन्नत समावेसीता र सहभागितामूलक लोकतन्त्र सहितको गणतन्त्र हुनुपर्ने उनले बताएक हुन्।

Gorkha

नानी जन्मदा सालनाल सहित नै जन्मन्छ। हामीले सालनाल फ्याक्ने हो, नानीलाई फ्याक्ने हैन।

क्रान्तिपछि क्रान्तिका उपलब्धिहरूलाई संस्थागत गर्दै निरन्तर अग्रगति र प्रगतिको दिशामा अघि बढ्न सच्चा गणतन्त्रवादी क्रान्तिकारीहरूको हातमा सत्ताको नेतृत्व हुनु पर्ने पनि भट्टराईले बताए।

गणतन्त्र अनुकूल राज्यका अन्य अंगहरूको लोकतान्त्रीकरण आर्थिक-सामाजिक रूपान्तरण अपेक्षित रूप र गतिमा हुन नसकेको पनि उनले बताए।

यी कमजोरीहरू सच्याउन ढिलोचाँडो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसद सहितको शासकीय प्रणालीमा जानपर्ने  भट्टराईले बताए।

गणतन्त्र कति दु:खसाथ प्राप्त भएको थियो भन्ने स्मरण गर्दा गणतन्त्र घोषणा हुने बित्तिकै लेखेको “एउटा सपना पूरा भएको दिन , भट्टराईले सियर गरेका छन् भने सबैलाई बढ्नपनी आग्रह गरेका हुन्।

salyan