surkhet

रुकुम पश्चिम हत्या घटनाका दोषीहरुलाई फाँसीको माग गर्दै दलित संघर्ष समितिले दियो यस्तो चेतवानी ,

surkhet

जेठ १५ ,काठमान्डौ -रुकुम पश्चिम हत्या घटनाका दोषीहरुलाई कारबाहीको माग गर्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिले हदै सम्मको कारबाहीको माग गरेको छ।

समितिले आज ३ बजे काठमान्डौको माईतिघर मण्डलामा शान्तिपूर्ण आन्दोलन गर्दै हत्यामा संलग्न दोषीहरुलाई फाँसीको सजाय दिन माग गरेको छ।

Dailekh

दलित छुवाछुतको नाममा बारम बार यस्ता थुप्रै घटना घट्दापनि सरकारले कुनै कारबाही नगर्दा घटना झन् बढ्दै गएको समितिले बताएको हो।

सम्पूर्ण उत्पीडित दलित एक हौ ,मानव अधिकारको रक्षा गर ,रुकुम पश्चिम सोती घटनाका दोषीलाई हदै सम्मको कारबाही गर ,जस्ता पेलेकार्ड बोकेर समितिले आन्दोलन गरेको छ।

आफुहरुको यो शान्तिपूर्ण आन्दोलन भएकोले सरकारलाई सजग गराएको र आफ्ना आफ्ना माग पुरा नगर्ने दोषीलाई तत्कालै कारबाही नगरे सरकारले यसको मूल्य ठुलो चुकाउने पर्ने समितिले चेतावनी दिएको छ।

Gorkha

गत १० गते जाजरकोटका नवराज बिक सहित ६ जनालाई रुकुम पश्चिम चौहरजारी नगरपालिका ८ सोतिमा दलित भनेर हत्या गरि भेरिनादिमा फालीएको थियो। ४ जनाको शव फेला परेपनि अझै २ जनाको शव फेला परेको छैन।

पश्चिम रुकुमको सोतिमा सुस्मा मल्ल थरकी केटिसंग प्रेम विवाहामा रहेका नवराज बिकलाई सुस्माले आफुलाई लिन बोलाएकि थिइन्।

घर परिवारले दलित संग विवाह गर्न लागेको भन्दै केटिलाई अन्तै विवाह गर्दिने कुरा गरेपछि सुस्माले नवराजलाई तत्कालै लिन बोलाएकि थिइन्।

सुस्माले बोलाएपछि लिन पुगेका नवराजलाई केटिको आमाबुवाले गाँउभरिका मान्छे बोलाएर दलितले मल्ल थरको छोरी ताक्ने भन्दै कुटपिट गरि हत्या गरेका थिए।

तस्विर :रबिन विक ,

salyan