surkhet

कृषि क्षेत्रका लागि ३ अर्ब २२ करोड बजेट विनियोजन ,

surkhet

जेठ १५ ,काठमान्डौ – सरकारले कृषि पकेट क्षेत्रका लागि ३ अर्ब २२ करोड बजेट विनियोजन गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै बिहीबार अर्थमन्त्री युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् ।

सामूहिक खेती गर्नेलाई मात्रै शीत भण्डारको लागि अनुदान दिइने खतिवाडाले बताए । २ सय खाद्य भण्डारण स्थापनाको लागि १ अर्ब बजेट छुट्याइएको पनि अर्थमन्त्री खतिवडाले जानकारी दिए । यस्तै सबै स्थानीय तहमा बजार पूर्वाधार निर्माण गरिने गरिने पनि उनले बताए ।

Dailekh
Gorkha

खेती गर्नु अगामै रासायनिक मल उपलब्ध गराउने उद्देश्यसहित अनुदानका लागि ११ अर्ब विनियोजन गरिएको छ । यस्तै किसान क्रेडिट कार्डको अवधारण सुरु हुने र एपमार्फत किसानलाई मूल्यबारे जानकारी गराइने मन्त्री खतिवडाले जानकारी दिए ।

यस्तै उनले स्वास्थ्यकर्मीलाई ५ लाखसम्मको निशुल्क बिमा गर्ने पनि जानकारी दिए । स्वास्थ्य बिमामा ७ अर्ब ५० करोड विनियोजन भएको छ ।

यस्तै सरकारले स्वास्थ्य पूर्वाधार विकासका लागि १२ अर्ब ४६ करोड बजेट बिनियोजन गरेको छ ।

salyan