साउन १ गतेदेखि प्रशासनिक खर्च कटौती हुने,

जेठ १५ ,काठमान्डौ – सरकारले आउँदो साउन १ गतेदेखि लागु हुने गरी प्रशासनिक खर्च कटौती गर्ने निर्णय गरेको छ ।

कोरोना सङ्क्रमण रोकथामको लागि चिकित्सकलगायत अग्रपङ्क्तिमा खटिएका कर्मचारी बाहेकलाई दिइँदै आएको प्रोत्साहन र जोखिम लगायतका सबै भत्ता खारेज गर्ने निर्णय गरिएको आउँदो आर्थिक वर्षको लागि प्रस्तुत गरिएको बजेटमा उल्लेख छ ।