नयाँ किराले गुर्भाकोट ३ मा मकैबाली नोक्सान पार्दा किसान चिन्तित ,

जेठ १६ ,काठमान्डौ – कृषकले लगाएको मकैबाली उम्रिन नपाउदै नस्ट हुने गरेको छ। भर्खर उम्रेको मकैका बोटहरु खेत बारीमा आफै सुक्ने गरेपछि किसान आसर्यमा परे।

मकैको जरामा हेर्दा भने कालो किरा फेलापरेको सुर्खेत गुर्भाकोट ३ डोबका किसान चन्द्र बहादुर घर्तीले बताए।

उनका अनुसार मकैको बोटको जरामा खनेर हेर्दा नयाँ किरा देखिने गरेको र जसको नाम भने थाहा नपाएको बताउछन।

lekbesi

घर्तिले हाल सम्म यस्तो किरा आफुले नदेखेको बताउछन। दैनिक जसो मकैको बोटमा हेर्दा एक सय भन्दा बढीको हाराहारीमा फेला पर्ने गरेको घर्तीले बताए।

यो समस्या गुर्भाकोट धारापानीका अन्य वडामा पनि फेला परेको किसान बताउछन।

किरा नियन्त्रण गर्न विषादी प्रयोग गर्नु परेपनि यो किरा मकैको बोटमुनि जरामा फेला परेपछि किसानलाई झन् गारो भएको छ, उम्रदै गरेका मकैलाई खनेर विषादी हाल्दा बोट्नै मरेर जान्छ ।

किसानले विषादी वा अन्य कुनै उपाए खोजेपनि यसको समस्या समाधान गर्न उत्तम उपाएभने फेलापरेको छैन।

लकडाउनले झन्डै ३ महिना सम्म नागरिक दैनिक जसो भोक भोकै र ज्याला मजदुरी गर्न नपाउदा चिन्तित छन् । भर्खरै लगाएको मकैबाली सुक्दा किसानलाई झनै पिडा थपिएको छ।