हाल सम्म नेपालमा ४४ जना महिलाले कोरोनालाई जिते ,

जेठ १६ ,काठमान्डौ – नेपालमा कोरोना संक्रमण भाईरसलाई जितेर निको हुनेको संख्या २०६ जना पुगेको छ।

शुक्रबारको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले १९ जना डिस्चार्ज भएको जानकारी दिएपछि सो संख्या पुगेको हो।

जसमध्य पुरुष १६२ र महिला ४४ जना रहेका छन् । आज डिस्चार्ज हुनेमा २ जना टेकु, ७ जना पाटन, २ जना बलम्बुको कोभिड अस्पताल र ८ जना दाङको बेलझुण्डीको आइसोलेसनमा रहेकाहरु भएको मन्त्रालयले जनाएको छ।

lekbesi

प्रादेशिक विवरणअनुसार प्रदेश नम्बर १ मा ३०, प्रदेश २ मा १०२, बागमतीमा २०, गण्डकीमा २, प्रदेश ५ मा ४७ र सुदूरपश्चिममा ५ जनाले कोरोना जितेका छन् ।