मन्त्रिपरिषद बैठक बस्दै लकडाउनको मोडालिटीबारे छलफल हुने ,

जेठ १७ ,काठमान्डौ – आज साँझा ५ बजे मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बोलाईएको छ।

आजको बैठकले कोरोनाभाइरस रोकथाम ,लकडाउनको मोडालिटी परिवर्तन, विदेशमा अलपत्र नेपालीको उद्धार लगायतका मुख्य एजेण्डामा छलफल हुने बताईएको छ ।

विदेशबाट झन्डै ६ लाख नेपालि स्वदेश फर्कने तयारीमा छन् ,तर सरकारले भने तत्काल २५ हजारलाई उद्दार गर्ने बताएको छ।

lekbesi

लकडाउनका बेला उद्योग, कलकारखाना सञ्चालनका लागि छुट्टै मोडालिटी जारी गर्ने सरकारको तयारी छ ।

विभिन्न देशमा रहेका नेपाली दूतावासको समन्वयमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न उच्चस्तरीय समितिले सिफारिस गरेको छ ।

तेस्तै सरकारले गरेको लकडाउन यहि २० गते समाप्त हुँदै छ ,लकडाउन लब्याउने वा के गर्ने भन्नेबारेमा पनि आज छलफल हुने छ।