मोदी नेपाल भ्रमण आउने तयारि , अरुण तेस्रो जलविद्युत आयोजनाको उदघाटन गर्ने ईच्छा ,,

८ वैशाख, काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी जेठ ११ गते नेपाल आउने गरी भ्रमणको तयारी सुरु भएको छ । आगामी मे २५ मा मोदीलाई नेपालमा स्वागत गर्ने तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनायको छ । ११ गते सम्म बोलाउने सल्हा भैरहेको छ ।केहि दिन तल माथि पनि हुन सक्छ ,भारतीय प्रधानमन्त्रि मोदी को बेस्तताको चापले गर्दा फिक्स समय भने यहि दिन भन्ने छैन तर २५ तारिक सम्म समय तोक्ने स्रोतले जनायको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण लगत्तै मोदीले नेपालको भ्रमण गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ सम्म भारतको भ्रमण गरेका थिए । तेही बेला ओलीले मोदिलई नेपाल आउने निम्तो दिय।, ओलीको आग्रह लाई स्वीकार गर्दै मोदी नेपाल आउने भयका हुन् , भारतको समाचार हिन्दुस्तान टाइम्सले मोदी आगामी मे ११ (वैशाख २८) मै नेपाल भ्रमणमा आउने समाचार लेखेको छ । तर, परराष्ट्रका अधिकारीहरु भने मे ११ मा नभई मे २५ मा मोदीको भ्रमणको तयारी भइरहेको बताउँछन् । स्रोतका अनुसार, मे २० देखि २५ वीचमा भ्रमणको मिति तय हुन सक्छ ।

नेपाल भ्रमणका क्रममा मोदीले जनकपुरधाम समेत भ्रमण गर्ने गरी तयारी भइरहेको स्रोतले बताएको छ । भ्रमणमा मोदीले नेपाल लाई आफ्नो देशले गर्न सक्ने ठुलो धनरासी पनि प्रस्तुत हुने सम्भावना छ। मोदीको यो नेपालको तेस्रो भ्रमण हो , यसपटक मोदीले अरुण तेस्रो जलविद्युत आयोजनाको उदघाटन गर्नसमेत मोदीले ईच्छा प्रकट गरेका छन्।

भारतीय प्रधानमन्त्री मोदी सन् २०१४ मा सार्क बैठकका बेला नेपाल आएका थिए, ।त्यसबेला उनले धार्मिक महत्वको जनकपुरधामस्थित रामजानकी मन्दिरको दर्शन गर्ने बताइएको थियो । तर, सो भ्रमण स्थगन भएको थियो । यसपटकको भ्रमण केपी ओलीको प्रधानमन्त्रित्व कालमा हुन लागेको छ । पहिलो पटक नेपाल आउँदा गौशालामा झरेर स्थानिय बासि संग हात मिलाउनु र दोश्रो भ्रमणमा नेपालको संविधान र मधेश मामिलाको अभिव्यक्ति ले प्रधानमन्त्री ओली लगायत सबै आलोचित थिय ।