रुकुम घटना कोरिया न्युज च्यानलमा पनि प्रशारण तल्लो जातका कारण ६ जनालाई नदीमा बगाईयो ,
जेठ १७ ,काठमान्डौ – रुकुम पश्चिम सोती ८ को घटनालाई कोरियाली समचार माध्यामले पनि सम्प्रेषण गरेका छन्।
कोरोयाको जकार्ता ज्युन भी दउम डट नेटले लेखेको छ नेपालमा ६ दलित युवालाई जातिए प्रेमका कारण नदीमा बगाईएको छ।
माथिल्लो जातको केटि संग प्रेम विवाह गर्न खोजेको कारण गाँउले अस्विकार गर्दै ६ जनालाई नदीमा बगाईदिएका हुन्।
कोरियाली संचार अन्लाईन च्यानल योनहापले भनेको छ संयुक्तराष्ट्र मानवअधिकारका सर्वोच्च नेता मिशेल बेचेनेटले पनि नेपालमा जातिय घटना घटेको पुरा राष्ट्रमा फैलीएको बताएका थिए।
नेपालमा अझैपनि जातिय भेदभाव रहेछ। नोवेल कोरोना भाइरसका कारण नेपालमा गरिएको लकडाउनको बिचमा प्रेमलाई लिएर ६ जनालाई नदीमा बगाईएको छ।
तेस्तै अगाडी भनिएको छ लकडाउनमा नेपालमा जातिय घटना मात्र हैन बलात्कार ,अपहरण ,गर्भपतन जस्ता घटना बढेका छन्।
नेपालले १९६० को दशकमा हिन्दु जाति प्रणालीको समाप्त गरेको थियो तर १३ प्रतिशत दलिते अझै नेपालमा जातिय हिँसा खप्न परेको छ योनहापले भनेको छ।
एम्नेस्टि ईन्टरनेशनल मानवाधिकार समुहले जातीय घटना घटाउनेलाई तत्काल छानबिन गरि कारबाहीको माग गरेको छ।
तेस्तै न्युजले अगाडी भनेको छ यो घटना नेपालको भयनाक जातिय,भेदभाव र हिँसाको दुर्दशा हो।
तेस्तै पश्चिम नेपालमा एक १२ वर्षीय बालिकालाई रुखमा बाँधीएको थियो र बलात्कार गरिएको थियो प्रहरीले अहिले प्रारम्भिक अनुसन्धान गरिरहेको छ।
गत १० गते रुकुम पश्चिम चौहराजारी सोती ८ मा जाजरकोटका नवराज बिक सहित ६ जनालाई हत्या गरि भेरिनादीमा फालीएको थियो।
दलित नवराज बिकले रुकुमबाट मल्ल थरकी छोरी विवाह गर्न खोजेको भन्दै जातिय हिँसा गरेर उनीहरुलाई मरेको नेपाल मात्र नभई विश्वमा प्रशारण भईरहेको छ।