Simta
Simta
lekbesi

लकडाउन जेठ ३२ सम्म, अब सेना परिचालन गरिने ,

Gurvakot

जेठ १७ ,काठमान्डौ – सरकारले लकडाउन जेठ ३२ सम्म,लब्याउने निर्णय गरेको छ। सरकारले गरेको लकडाउन जेठ २० गते सकिदै छ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लक डाउनको मोडालिटीबारे कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिमा छलफल गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न निर्देशन दिएको छ ।

लकडाउनलाई संक्रमित क्षेत्र हेरेर केहि खुकुलो बनाउन सकिने सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए।

lekbesi

उनका अनुसार कोरोनको जोखिम दैनिक बढेको छ जुन क्षेत्रमा जोखिम बढी छ त्यो क्षेत्रमा कडाइ हुन्छ जहाँ जोमिख कम छ, त्यहाँ केही खुकुलो हुनसक्छ ।

साथै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन ३० जुन अर्थात् असार १६ सम्म बन्द गर्ने निर्णय गरेको छ ।

साथै दुई देशको सहमतिमा आउजाउ गर्दा पनि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार चेकजाँच गरिने सरकारका प्रवक्ता डा. खतिवडाले बताए ।

मन्त्रिपरिषदको बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ ।

तेस्तै सिमामा थप कडाई गरिने सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गरिनेपनि बैठकले निर्णय गरेको हो।

Simta