Simta
Simta
lekbesi

संविधान संशोधन संसदमा विधेयक पेश,

Gurvakot

जेठ १८ ,काठमान्डौ – संसदमा संविधान संशोधन विधेयक पेस भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ प्रतिनिधिसभामा पेस गरेकी हुन् ।

लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची-३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा संविधान संशोधन विधेयक पेस गर्न अनुमति माग्ने प्रस्ताव निर्विरोध पास भएपछि मन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक पेस गरेकी हुन् । कुनै पनि सांसदले उक्त प्रस्तावमा विरोधको सूचना राखेका थिएनन् ।

Simta