राजेश भन्छन सरकारले अभिवाबक बन्ने ईछ्या पुरा गर्यो .,
वैशाख ८ , सुपरस्टार राजेश हमाल अभिवाबक बनेका छन् ,।– बुद्धभुमि २ गोरुसिंगेस्थित गौतमबुद्ध माविमा पाँच वर्षीय राज थारुलाई कक्षा १ मा भर्ना गर्दै अभिभावक बनेका हुन् ।हमालले भने ‘मेरो पहिल्यैदेखि चाहना थियो । यस पटक नेपाल सरकारको नीतिले आफूलाई ठूलो अवसर जुटायो’, मा ‘राजप्रति मेरो धेरै चासो हुनेछ, म उसलाई पटक पटक विशेष महत्वका साथ हेरविचार गर्नेछु, म उसलाई असल अभिभावकत्व प्रदान गर्नेछु ।’
उनले विद्यालयको भर्ना कापीमा अभिभावकका रुपमा हस्ताक्षर गर्दै हमालले राजलाई झोला, पाठ्यपुस्तक र पाठ्य सामग्री प्रदान गरे । बालकको लालनपोषणका लागि केही रकमसमेत हमालबाट पाएको राजकी आमा लक्ष्मीले बताइन् ।कार्यक्रममा बुद्धभूमि नगरपालिका प्रमुख केशवकुमार श्रेष्ठ र उपप्रमुख मीरा चौधरी, समन्वय एकाइ प्रमुख सुरेन्द्र पराजुली, गौतमबुद्ध माविका प्रअ रामप्रसाद अर्याल, स्रोत व्यक्ति खेमराज पौडेललगायतले हमालको कामले सबैमा उत्सुकता आएको बताए ।
राज बुद्धभूमि–२ पुरेनाको सामान्य परिवारमा जन्मिएका बालक हुन् । बुबा काशीराम र आमा लक्ष्मीका उनी कान्छो सन्तान हुन् । उनका बुबाको गत वर्ष कात्तिक १९ गते भारतमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो । मृत्यु भएको एक वर्ष पुगे पनि राजको परिवारले हालसम्म राहत रकम पाएको छैन ।पतिको मृत्युपछि लक्ष्मीले श्रम गरेर परिवार पाल्दै आइरहेकी छिन्। उनी नदीजन्य पदार्थ गाडीमा लाद्ने काम गर्छिन् । हमालले अभिभावकत्व ग्रहण गरेपछि आफ्नो बालकको भविष्य उज्वल हुने लक्ष्मीको आशा पलायको छ ।