बाजुरामा दुइ वर्षकी बालिका कोरोनाबाट मृतु ,

जेठ १८ ,काठमान्डौ – बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ ।

शनिबार राति करिब २ बजे ती बालिकाको मृत्यु भएको थियो । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृतु हुनेको संख्या ८ पुगेको छ।

बुढीगंगा नगरपालिका–१ घर भएकी २ वर्षीया बालिकाको कोरोना भाइरसको कारण मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले पुष्टि गरे ।

lekbesi

बालिका आम बुवाहित ८ दिनअघि भारतबाट नेपाल आएका थिइन् । फर्किने क्रममा बालिकालाई ज्वरो आउने, बान्ता हुने समस्या थियो ।

नेपाल प्रवेश गरेपछि उनीहरूलाई घुरालसैना माविको क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिनमा रहँदा सामान्य औषधि गर्दा पनि सञ्चो नभएपछि १५ गते उनलाई जिल्ला अस्पताल बाजुरामा भर्ना गरिएको थियो ।

आइसोलेसनमा उपचार गर्ने क्रममा शनिबार बिहान करिब २ बजेतिर उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुपचन्द्र बिकले बताए ।