Simta
Simta
lekbesi

पश्चिम रुकुम घटनाका दोषीलाई कारबाहीको माग गर्दा प्रहरीको कुटाई ,

Gurvakot

जेठ १८ ,काठमान्डौ – रुकुम पश्चिम घटनाका दोषीलाई कारबाहीको माग गर्दै आज देशभर आन्दोलन गरिएको छ।

गत १० गते रुकुम पश्चिम सोतीमा जाजरकोटका ६ जना युवालाई जातिय हिँसा गर्दै हत्या गरि भेरी नदीमा फालीएको घटनाले देशभर प्रदर्शन गरिएको हो।

तेस्तै आज काठमान्डौको माईतिघर मण्डलामा विरोध प्रदर्शन गर्दा प्रहरीले लाठ्ठी चार्ज गरेको छ।

lekbesi

प्रहरीको लाठ्ठीबाट ४ जना घाईते भएका छन् उनीहरुको अहिले ट्रमा अस्पतालमा उपचार भईरहेको छ ।

तेस्तै सल्यान जिल्ला संयुक्त दलित संघले सल्यान जिल्ला प्रशाशनमा रुकुम पश्चिम घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएको छ।

रुकुम पश्चिममा भएको हत्याकाण्डमा संलग्न सबै अपराधीलाई कार्वाहीको माग गर्दै चौदण्डीगढी नगरपालिकामा रहेका दलित एकता समाज, दलित एकता संजाल, राष्ट्रिय दलित नेटवर्क, नागरिक समाज द्वारा प्रेस वक्तव्य जारि गरिएको छ।

व्यक्तव्यमा भनिएको छ जाजरकोट भेरी नगरपालिका वडान ४ रानागाँउका नवराज विक पश्चिम रुकुम सोती चौहराजारी नगरपालिकाकि सुस्मा मल्लको प्रेम विवाहलाई स्वीकार नगरी ६ जना युवकको हत्या गरिएको छ। दोषीलाई तत्काल कारबाहीको माग गर्दछौ।

तेस्तै रुपन्देही संयुक्त दलित राजनीतिक दल संघ संथाले दोषीलाई कडा कारबाहीको माग गर्दै दलित समुदायमाथि गरिएको विभेद र हत्या अन्त्य गर्नपनि सभाले माग गरेको छ।

 

Simta