रुकुम पश्चिम घटनाका दोषीलाई कारबाही गरेर छोड्छौ गृहमन्त्री थापा ,

जेठ १८ ,काठमान्डौ -रुकुम पश्चिम चौहराजारी सोती ८ घटनाका दोषीलाई कारबाहीको गरेर छोड्छु गृहमन्त्री राम बहादुर थापा बादलले बताएका छन्।

गृह मन्त्रालयमा आज रुकुम पश्चिमको घटनाको छानबिन गर्नुपर्ने माग गर्दै सांसद, दलित सम्बन्ध संघ–संस्थाका प्रतिनिधिमण्डलको गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापन पत्र बुझ्दै थापाले घटनाका दोषीलाई कानुनी कठघारामा ल्याउन र कडाभन्दा कडा कारवाही गर्न गृहमन्त्रालय प्रतिबद्ध रहेको भन्दै शंका नगर्न आग्रह गरे ।

lekbesi

उक्त घटनाको सम्बन्धमा गृहमन्त्रालयले गठन गरेको छानबिन समितिले घटनास्थलमा पुगेर छानबिन सुरु गरेको पनि थापाले जानकारी दिए।

उनले भने छिटै सत्य तथ्य बाहिर ल्याई कारबाही गर्छौ ,कुनै शंका नमान्नुहोस ढुक्कहुनुहोस।

तेस्तै थापाले अगाडी भने छानबिन समितिले कसैले पनि प्रश्न उठाउन नसक्ने गरि छानबिन गरिरहेको छ घटनाका दोषीलाई पक्राउ गरिएको छ केहि बाँकी छन् उनीहरुको खोजि भईरहेको छ।

तेस्तै गृहमन्त्री थापा बादलले छानबिन समिति संगै स्थानिय प्रहरीलेले पनि अनुसन्धान गरिरहेको छ।

हामीले थप केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) को समेत छुट्टै टिम छानबिनका लागि पठाउनेकि भन्नेबारे छलफल भइरहेको पनि प्रतिनिधि मण्डललाई जानकारी गराए ।

जातीय उत्पिडनको अन्त्य गर्न र यस्ता घटनामा संलग्नलाई कडा कारवाही गर्न सरकार प्रतिवद्ध रहेको गृहमन्त्रीले स्पस्ट पारे ।