Simta
Simta
lekbesi

आज पनि मौसम बदलि भई वर्षा हुने ,

Gurvakot

जेठ १९ ,काठमान्डौ – हाल नेपालमा पश्चिमी वायुको प्रभाव र नेपालका पूर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेकोले आज पनि देशैभर मौसममा अबदाली हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

अहिले देशका विभिन्न भू भागमा आंसिक बदलि भई वर्षा भईरहेको छ। शाखाका अनुसार आज दिउँसो देशका पूर्वी पहाडी, मध्य र पश्चिमी पहाडी भूभागमा सामान्य बदली हुनेछ ।

यसबाहेकका भूभागमा आंशिक बदली रहने सम्भावना रहेको छ । यसैगरी, पूर्वी भूभागहरु, मध्य र पश्चिमी पहाडी भूभागहरुका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

lekbesi

यस्तै, राति देशको पूर्वी भूभागहरु, मध्य र पश्चिमी पहाडी भूभागमा सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानमान गरिएको छ ।

त्यसैगरी, पूर्वी भूभागहरु, मध्य र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा राति मेघगर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सामान्यता नेपालमा केहि दिन यो मौसम जारि रहने पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।

Simta