बाँके गाडी दुर्घटनामा कर्णाली प्रदेशका नागरिकको मृतु पछि मुख्यमन्त्री शाहीद्वारा शोक स्तब्ध ,

जेठ १९ ,काठमान्डौ – गयराति १२ बजे बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. २ मा भएको सडक दुर्घटनामा कर्णाली प्रदेशका नागरिकको मृतुपछि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गहिरो दु:ख व्यक्त गरेका छन्।

गाडी दुर्घटनामा घटनास्थलमै ११ जना र भेरी अस्पतालमा उपचारको क्रममा एक गरि १२ जनाको मृतु भएको छ।

मुख्यमन्त्री शाहीले दुर्घटनामा निधन भएका सवैप्रति भावपुर्ण श्रद्धाञ्जली एवं शोकमा रहनुभएका आफन्तजनहरुप्रति धैर्य गर्न आग्रह गर्दै गहिरो समवेदना व्यक्त गरेका हुन्।

lekbesi

अधिकांस नागरिक कर्णाली प्रदेशवासी रहेको र यसवाट सम्वन्धित घरपरिवारमा पर्नगएको दुखप्रति शाहीले गहिरो सहानुभुति प्रकट गरेका हुन् भने घाईतेहरुको सु स्वास्थ्यको कामना गरेका छन् ।

कोभिड,१९ ले निम्त्याएको समस्याका कारण भारतवाट उद्धार गरी घर फर्काउने क्रममा उनीहरुको सडक दुर्घटनामा ज्यान गएको हो। कोभिड,१९ को महामारीका विचमा ठुलो मानवीय क्षति हुने गरि गाडी दुर्घटना भएकोमा थप पिडा थपिएको शाहीले बताए।

दुर्घटनाको खवर पाउने वित्तिकै उद्धार, उपचार तथा सुचना संप्रेशनमा खटने सुरक्षा निकाय, स्वास्थ्यकर्मी, संचारकर्मी, स्थानीय जनता तथा सरकारी अधिकारीहरुलाई मुख्यमन्त्री शाहीले धन्यवाद व्यक्त गरेको कर्णाली प्रदेश सरकार मुख्यमन्त्री शाहीका प्रेस सल्हाकार ध्रुबबिक्रम बुढाथोकीले व्यक्तव्यमा बताए।

तेस्तै शाहीले दुर्घटनाम घाईते भएकाहरुमा कुनै कमि हुननदिने र मृतकहारको शव घर सम्म पुर्याउने पनि जानकारी दिए।

यो पनि

बाँकेबाट सल्यान जाँदै गरेको गाडी दुर्घटना १२ जनाको मृतु ,