बाँके गाडी दुर्घटना मृतु हुने सबै भन्दा बढी सल्यानका अपडेट ,

जेठ १९ ,काठमान्डौ – बाँकेको अगैयामा भएको सवारी दुर्घटनामा मृत्यु भएका १२ जनामध्ये ६ जना सल्यानका रहेका छन्।

तेस्तै मृतक चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारीको सनाखत भएको छ । अन्य दुर्घटनामा ज्यान गुमाउनेमा दाङका २ रोल्पाका १ रहेको बाँके प्रहरीले रंग दर्पणलाई जानकारी दिएको छ।मृत्यु हुनेमा ११ पुरूष र १ महिला रहेका छन्।

कोरोना प्रभावितले रुपैडिहा नाकामा अलपत्र परेका नागरिकलाइ उद्दार गरि घर पठाउने क्रममा नेपालगन्जबाट सल्यानतर्फ गुडेको बा ४ ख ९०६४ नम्बरको फोर्स गाडी गयराति १२ बजे बाँकको अगैयामा विग्रिएर रोकी राखेको ना ५ ख ५९९५ नम्बरको ट्रकमा दुर्घटनामा भएको थियो।

lekbesi

गाडी तिब्र गतिका कारण अनियन्त्रित भई रोकिराखेको ट्रकमा ठोक्किदां १२ जनाको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

दुर्घटनामा २१ जना घाईते छन् उनीहरुको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भईरहेको छ।

तेस्तै घाईते मध्ये ४ जनाको अवस्था गम्भीर भएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले बताए।