बाँके फोर्स गाडी दुर्घटनामा घाइते हरुको नामावली ,

जेठ १९ काठमान्डौ – बाँके नेपालगंजबाट दाङ्ग हुँदै सल्यातर्फ जाँदै गरेको बा ४ ख ९०६४ नम्बरको फोर्स गाडी राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगल दुर्घटनामा १२ जनाको मृतु भएको छ।

जसमा ११ पुरुष र १ महिला रहेका छन्। मृतकको पनि सनाखत हुने क्रम जारि रहेको प्रहरीले बताएको हो।

तेस्तै दुर्घटनामा २१ जना घाईते छन् घाईतेहरुको बाँके प्रहरीले नामाली सार्वजनिक गरेको छ।

lekbesi

दाङ जिल्ला धर्ना ४ का ४५ वर्षीय मेघराज केसी,
दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिकाका ३९ वर्षीय विष्णु गिरी,
दाङ जिल्ला राजपुर २ का २१ वर्षीय जीवन घर्ती,
दाङ जिल्ला राजपुर गा.पा. ६ का २० वर्षीय दिपेश चौधरी,
दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका २ का २३ वर्षीय रुपलाल केसी,
दाङ जिल्लाका २० वर्षीय भरत थापा,
रोल्पा जिल्ला त्रिवेणी गा.पा. ७ का १७ वर्षीय सुनिल परियार,
ऐ. का २० वर्षीय वीरेन्द्र परियार,
ऐ. का १८ वर्षीय पुरन परियार,
रोल्पा जिल्ला कुरैति गा.पा. २ का ५२ वर्षीय नर बहादुर विक,
रोल्पा जिल्ला टुटु ८ का ४० वर्षीय दिल ब. बिक,
सल्यान जिल्ला कुपिण्डेदह गा.पा. का २० वर्षीय मिनराज बिक,
सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का तेज बहादुर बुढाथोकी,
सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ४ का २८ वर्षीय लोकेश घर्ती,
सल्यान जिल्लाका १८ वर्षीय धन बहादुर बोहरा,
सल्यान जिल्लाका ५२ वर्षीय दीप बहादुर बुढा,
सल्यान जिल्ला शारदा गा.पा. ६ का टीका चलाउने,
सल्यान जिल्लाका शिव भण्डारी,
सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का २६ वर्षीय निम बहादुर बादी,
ऐ. का १८ वर्षीय देवेन्द्र बुढाथोकी,
ऐ. का १७ वर्षीय ज्ञान बहादुर बोहरा रहेका छन् ।

कोरोना प्रभावितले रुपैडिहा नाकामा अलपत्र परेका नागरिकलाइ उद्दार गरि घर पठाउने क्रममा नेपालगन्जबाट सल्यानतर्फ गुडेको बा ४ ख ९०६४ नम्बरको फोर्स गाडी गयराति १२ बजे बाँकको अगैयामा विग्रिएर रोकी राखेको ना ५ ख ५९९५ नम्बरको ट्रकमा दुर्घटनामा भएको थियो।

गाडी तिब्र गतिका कारण अनियन्त्रित भई रोकिराखेको ट्रकमा ठोक्किदां १२ जनाको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।