बाँके गाडी दुर्घटना चालक दैलेखकका सह चालक सुर्खेतका ,

जेठ १९ ,काठमान्डौ – पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया अगैयामा जंगलमा गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएकाहरुमध्ये दुई जनाको सनाखत भएको छ ।

ति मध्ये गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारी रहेको बाँके प्रहरीले जनाएको छ भने अन्य १० जनाको सनाखत हुने क्रम जारि रहेको प्रहरीले जानकारी दिएको छ।

नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी गएराति करिब १२ बजेतिर सडकमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

lekbesi

दुर्घटनामा घाईते २१ जना घईतेको भेरी अस्पतलामा उपचार भईरहेको छ जसमा ४ जनाको अवस्था गम्भीर रहेको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले बताए।गाडीमा सवार ३३ जना रहेका थिए। फोर्स गाडी पुरै मात्रामा कुच्चीएको र टुक्रा भएको अवस्थामा देखिन्छ।