Simta
Simta
lekbesi

रुकुम सोती घटना छानविन गर्न दलित सांसदकै नेतृत्वमा समिति गठन गर्न कांग्रेसको माग ,

Gurvakot

जेठ १९ ,काठमान्डौ – रुकुम पश्चिम सोती घटनामा जाजरकोटका दलित युवाहरुको छानविन गर्न दलित सांसदकै नेतृत्वमा समिति गठन गर्नुपर्ने प्रतिपक्षिदल नेपालि कांग्रेसले माग राखेको बताएको छ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद मानबहादुर विश्वकर्माले रुकु पश्चिम घटनामा हत्या गरिएका दलित युवाको निस्पक्ष छानबिनको लागि दलित सांसदको नेतृत्वमा संसदीय समिति तत्काल गठन गर्न माग गरिएको हो।

तत्कालै दलित सांसदको नेतृत्वमा समिति गठन नगरीए कडा कदम चाल्न बाध्य हुनेपनि बताईएको हो ।

lekbesi

रुकुमकी मल्ल थरकी युवतीसँग जाजरकोटका नवराज विकले विवाह गर्नका लागि जाँदा केटी पक्षकाले युवाहरूलाई मारेर भेरी नदीमा फालेका थिए ।

तीमध्ये ५ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् । गृहमन्त्रालयले सामान्य समित गठन गरेको र यसले दलित युवामा भएको घटनालाई न्याय दिननसक्ने पनि कांग्रेसले बताएको छ ,जाजरकोटमा सत्तापक्षकाले आर्थिक चलखेल गरेको समेत कांग्रेसले दाबी गरेको छ ।

सो घटनाको संयुक्त राष्ट्रसंघले समेत निष्पक्ष छानबिनको माग गरिरहेको उल्लेख गर्दै कांग्रेस सांसद विश्वकर्माले उनीहरु आफैं हाम फालेको नभई हत्या गरेर फालिएको जिकीर गरे ।

मृतक युवाहरु हामफालेर भेरीनदीमा फालेको भनें प्रतिक्रिया दिएर घटना ढाक छोप गर्न खोजे कडा कदम छलिने पनि सांसद विश्वकर्माले बताए ,मृतक सबैको पोस्टमार्टमा गर्दा रिपोर्टमा भित्रि गम्भीर चोट हुनुले मारेर फालीएको पनि उनले बताए।

Simta