कर्णाली प्रदेशमा ३२ जना कोरोना संक्रमित थपिए संख्या १९८ पुग्यो ,

जेठ १९ ,सुर्खेत – कर्णाली प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण फेला परे संगै हाल सम्म संक्रमितको संख्या १९८ पुगेको छ।

थपिएका नँया संक्रमित सल्यानका १० जना, दैलेखका १७ जना र सुर्खेतका पाँच जनामा रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य शाखा प्रमुख नवराज कंडेलले जानकारी दिए ।

उनीहरु सबैको प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको कंडेलले बताए ।

lekbesi

दैलेख नारायण नगरपालिका वडा नं. १, ३, ४, ५, ८ र १० का १६ जना, महावु गाउँपालिका-३ का एकजना, सल्यान बनगाड कुपिण्डे नजरपालिकाका वडा नं. १, ३, ५, ६, र ७ का १० जना र सुर्खेतको बराहाताल गाउँपालिका वडा नं. १ र १० का पाँचजना पुरुष रहेका छन् ।

आइतबार राति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट दुई प्रहरी जवानसहित ४३ जनामा कोरोना पुष्टि भएको थियो।

कर्णालीमा कोरोन संक्रमणबाट एक जनाको मृतु भएक छ ,गत शनिबार दैलेखका एक युवाको मृतु भएको हो।