लकडाउनको ७० औ दिन राजधानीमा सुनसान ,

जेठ १९ ,काठमान्डौ – विश्वमहामारी कोरोना संक्रमणको महामारीको रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको लकडाउनको आज ७० औदिन पुगेको छ।

लकडाउनले नेपालका पुरै प्रदेश जिल्ला ,प्रभावित छन् सरकारले अझै लकडाउनलाई जेठ ३२ गते सम्म निरन्तरता दिने बताएको छ।

लकडाउनले राजधानी उपत्यकामा विभिन्न क्षेत्र बन्द छन् ,अत्यावस्यकका सवारीसाधन बाहेक अन्य सवारी साधन ,उदोगक्षेत्र पसल होटेल व्यवसायी बन्द छन्।

lekbesi

काठमान्डौको नँया बसपार्क अगाडीको गोंगबुक्षेत्रमा आज पनि सुनसान देखिने गरेको छ।राजधानीका मुख्यसडक सबै बन्द छन् ।

फाट्ट फुट्ट पासवाला सवारीसाधान गुडेका देखिन्छन भित्र गल्लि गल्लिमा भने केहि मान्छेको आवतजावत देखिन्छ।

तेस्तै नेपालमा हाल सम्म १८ सय ११ जनामा कोरोना संक्रमण फेला परेको छ भने २२१ जना निको भएर घर फर्केका छन् ।

यी संक्रमित मध्ये ८ जनाको कोरोना संक्रमणबाट मृतु भईसकेको छ। दैनिक जसो नेपालमा कोरोना संक्रमित बढेका छन्, आज २४ घण्टामा मात्र २३९ जनामा संक्रमणको पुस्टि भएको छ।