४४ सहसचिव र उपसचिवको सरुवा को कँहा (सूचीसहित)

जेठ १९ ,काठमान्डौ – सरकारले ४४ जना सहसचिव/उपसचिवको सुरुवा गरेको छ।

आइतबारको मन्त्रिपरिषद निर्णय अनुसार ४४ सहसचिव र उपसचिवको सरुवा गरिएको हो।

काठमाडौं जिल्ला प्रशासन कार्यालयका सप्रजिअ/उपसचिव कृष्णबहादुर कटुवाल महोत्तरीमा प्रजिअ (रा.प.द्धि)का रुपमा सरुवा भएका छन्।

lekbesi

त्यस्तै बर्दियाका प्रजिअ सिंहदरबारमा सरुवा भएका छन्। सुर्खेत प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेलाई पाल्पा सुरुवा गरिएको छ।

पाल्पाका प्रजिअलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ। गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीलाई सुर्खेतको प्रजिअमा पठाइएको छ।

तेस्तै उपसचिव भीमाकान्त पौडेललाई सहायक प्रमुख जिल्ला प्रसाशन कार्यालय सुर्खेतमा पठाईएको हो।