क्वारेईनटाईनमा बसेकालाई स्थानिय युवाहरुको दाउरा सहयोग ,

जेठ २० ,काठमान्डौ – सल्यान बनगाड कुपिण्डे नगरपालिका वडान ११ भानुभक्त आधारभुत बिध्यालयको क्वारेईनटाईनमा बसेका नागरिकलाई स्थानिय युवाहरुले दाउरा सहयोग गरेका छन्।

क्वारेईनटाईनमा मेस चलाउन दाउराको समस्या हुने हुँदा स्थानिय धारापानीका युवा हेम ओली ,हरि ओली ,व्यापारी ,बुद्दिजिबी लगायतको सहभागितामा एक ट्याक्टर दाउरा सहयोग गरिएको हो।

उनीहरुले रेकर बजार देखि खनियाखर्कसम्म ट्याक्टरमा दाउरा संकलन गरि क्वारेनटाइनमा उपलब्ध गराए का हुन्।

lekbesi

दाउरा बोक्ने ट्याक्टर स्थानिय व्यापारी रेशम खडकाले उपलब्ध गराएका छन्। नगरपालिकाले भानुभक्त आधारभुत बिध्यालयको क्वारेईनटाईनमा दोश्रो मुलुक देखि विभिन्न स्थानबाट भित्रिएका ३४ जनालाई राखेको छ।

क्वारेईनटाईनमा बामे ,भदाले,अमरा लगायतका नागरिक छन्। सल्यान जिल्लामा पहिलोपटक बनगाड कुपिण्डे नगरपालिकामा कोरोना संक्रमणका बिरामी फेलापरेपछि स्थानीय त्रसित छन् ।थप तर्सकता अपनाउन नगरपालिकाले एक सय बेडको आईसोलेसन निर्माण गर्ने बताएको छ।