कर्णाली प्रदेश सरकारले २४ स्थानमा आईसोलेसन बेड निर्माण गर्ने दुई पिसिआर मेसिन थप्ने ,

जेठ २० ,काठमान्डौ – कर्णाली प्रदेश सरकारले २४ स्थानमा १०६० आइसोलेसन बेड निर्माण गर्ने बताएको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशका विभिन्न स्थानीय तहमा १०६० आइसोलेसन बेड निर्माण गर्ने र ६ हजार पिसिआर परीक्षण किट खरिद गर्ने निर्णय गरेको सामाजिक विकासमन्त्री दल रावलले बताए ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा पहिलोपटक कोरोना संक्रमितका बिरामी ह्वात् बढेपछि प्रदेश सरकारले बनगाडमा रहेको देवस्थल स्वास्थ्य चौकीमा १०० बेडको आईसोलेसन निर्माण गर्ने बताएको हो।

lekbesi

तेस्तै बागचौर स्वास्थ्य चौकीमा ५० बेड, पुर्कोटका धनबाडा स्वास्थ्य चौकीमा ५० बेड, जाजरकोटको छेडागाड नगरपालिकामा रहेको दशेरा स्वास्थ्य चौकीमा ५० बेड, नलगाड नगरपालिकाको दल्ली प्राथामिक स्वास्थ्य केन्द्रमा ५० बेड, रुकुम पश्चिमको आठबीसकोट स्वास्थ्य चौकीमा ५० आइसोलेसन बेड निर्माण गर्न लागिएको हो ।

त्यस्तै सुर्खेतको पञ्चपुरी नगरपालिकमा रहको सालकोट स्वास्थ्य चौकीमा ५० बेड, चौकुने गाउँपालिकामा ३० बेड, गुर्भाकोट नगरपालिकामा रहेको मेहेलकुना अस्पतालमा ५० बेड, चिङ्गाड गाउँपालिकाको अवलचिङ स्वास्थ्य केन्द्रमा ५० बेड, वीरेन्द्रनगर नगरपालिमा रहेको मध्यपश्चिम विश्वविद्यालय भवनमा ५० बेडको आइसोलेसन सञ्चालन गरिने भएको छ ।

कर्णाली प्रदेशको सबै भन्दा बढी दैलेख जिल्लानारायाण नगरपालिकाको नारायण क्याम्पसको भवनमा ५० बेड,को आईसोलेसन निर्माण हुने छ।

तेसैगरी ठाँटीकाँध गाउँपालिकाको लकान्द्रा स्वास्थ्य केन्द्रमा ५० बेड, आठबीसकोट नगरपालिकाको राकम स्वास्थ्य चौकीमा ५० बेड, दुल्लु नगरपालिकाको दुल्लु अस्पतालमा ५० बेड सञ्चाल गरिने भएको छ ।

साथै कालीकोट पचालझरनाको राम्राकोट स्वास्थ्य चौकीमा ५० बेड, नरहरिनाथ गाउँपालिकाको कुमालगाउँ स्वास्थ्य केन्द्रमा ५० बेड, तिलागुफा नगरपालिकाको जुबिथा स्वास्थ्य चौकीमा ५० बेड, रास्कोट नगरपालिकामा ५० बेडका साथै जुम्लाको तातोपानी र सिँजा गाउँपालिकामा आजदेखि ५०/५० वटा आइसोलेसन बेड निर्माण गर्न लागिएको मन्त्री रावलले जानकारी दिए ।

कर्णालीमा दुई पिसिआर मेशिन थपिने ,

कर्णाली प्रदेशमा कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरी हाल तीनवटा पीसीआर परीक्षण मेसिन रहेका छन ।

कर्णालीमा ह्वात् संक्रमितको संख्या बढेपछि सरकारले थप दुईवटा पिसिआर परीक्षण मेसिन थप्ने बताएको छ।

प्रदेश अस्पताल सुर्खेत र दैलेख जिल्ला अस्पतालका लागि मेसिन खरिद गर्न लागिएको हिजोको बैठकले निर्णय गरेको हो ।

प्रदेश अस्पताल सुर्खेतमा रहेको पिसीआर परिक्षन मेसिन बिग्रिएपछि सम्बन्धित कम्पनीलाई फिर्ता पठाउन थालिएको छ । उक्त मेसिन संघिय सरकारले उपलब्ध गराएको सामाजिक विकास मन्त्रि दल रालले बताए।

रावलका अनुसार लकडाउनको अवधिभरमात्र कर्णालीमा एक लाख ६९ हजार ८५० जना नागरिक नेपाल भित्र, भारत र अन्य तेस्रो मुलुकबाट कर्णालीमा भित्रिएका छन् ।

उनीहरुलाई हेल्थ डेक्समार्फत सामान्य परीक्षण मात्रै गरिएको थियो । मन्त्री रावलका अनुसार कर्णालीमा २९ हजार १३९ जना क्षमता रहेकोमा हालसम्म २२ हजार ४८२ जना क्वारेन्टिनमा रहेको छन् ।

प्रदेशमा ५५० वटा आइसोलेसन बेड, ४४ वटा आईसीयू र १७ भेन्टिलेटर रहेका छन् । प्रदेशभर ३३ सय ७७ जना स्वास्थ्यकर्मी खटिएको मन्त्रि रावलले सोमबार प्रदेश सभामा जानकारी गराएका थिए।