गाउँको बाटोमा हिड्दा कोरोना फैलिने भन्दै डोटीका स्वास्थ्यकर्मी माथि कुटपिट ,

जेठ २० ,काठमान्डौ – पैदल हिडी रहेका डोटीमा स्वास्थ्यकर्मी माथी कुटपिट भएको छ। शिखर नगरपालिका वडानं ९ को दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुवँर माथी आक्रमण भएको हो।

शिखर नगरपालिका वडान ७ लाटामाण्डौंमा रहेको स्वास्थ्यचौकीबाट स्वास्थ्य सामग्री लगेर दानकोट स्वास्थ्यचौकी पैदल जादै गरेका कुवँर माथी तीन जनाले आक्रमण गरेका हुन् ।

बाटोमा हिड्दा गाँउमा कोरोना फैलिने भन्दै मधिरा पीएका तिन जनाले एक्कासी गालि गलौच सहित ढुंगा मुढा गरेको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले बताए ।

lekbesi

आक्रमणमा गम्भिर घाईते भएका स्वास्थ्यकर्मी कुवँरलाई डडेलधुरा अस्पताल पठाएको थियो । डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछि काठमाण्डौं स्थित ट्रमा सेन्टर लगिएको छ । कुँवरको टाउकोमा गम्भिर चोट लागेको छ ।

आक्रमण गर्ने तिनै जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिखर नगरपालिका ७ बोगटाका, नविन खत्री, रोशन खत्री र तेज लुहार रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए ।