सुर्योदय लघुवित्त वित्तीय संस्थाद्वारा कोरोना कोषमा सहयोग ,

जेठ २० ,नवलपरासी पश्चिम – प्रतापपुर गाउँपालिका स्थित गोपिगञ्जमा रहेको साबिक त्रिलोक लघुबित्त बित्तिय संस्था लिमिटेड हाल सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलबार प्रतापपुर गाउँपालिकाको कोरोना भाईरस रोकथाम तथा नियन्त्रण राहत कोषमा सहयोग गरेको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार शर्मालाई मंगलबार १० हजार बराबरको चेक हस्तान्तरण गरिएको संस्थाका शाखा प्रमुख कृष्ण मुरारीलाल मालीले जानकारी दिए ।
साथै संस्थाको केन्द्रीय कार्यालयले रु १० लाख दस हजार कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि रकम सहयोग गरेको छ ।

जसमा प्रदेश नं ४ लाई दुई लाख , पाच नं नम्बर प्रदेशलाई दुई लाख र प्रदेश नम्बर ६ को सल्यान जिल्लाको कुविन्डे बनगाड नगरपालिकालाई पचास हजार सहयोग गरेको संस्थाले जनाएको छ ।

lekbesi

शाखा मार्फत ५७ स्थानिय तहमा ७ हजार ५ सय देखि २५ हजार सम्म राहत कोषमा जम्मा गरेको छ ।

१० लाख दस हजार मध्ये तीन लाख दस हजार उक्त संस्थाका कार्यरत कर्मचारीले सहयोग गरेको केन्द्रीय कार्यालयले जनाएको छ ।

सुर्योदय लघुवित्त वित्तीय संस्था हाल २३ जिल्लामा कार्यक्षेत्र रहेको छ ।

रबिन्द्र यादव / नवलपरासी पश्चिम,