कोरोना संक्रमण एक कम एकाईस सय ,

जेठ २० ,काठमान्डौ – नेपालमा कोरोना संक्रमणका बिरामी २ हजार ९९ सय पुगेका छन्। आज २४ घण्टामा २८८ नँया संक्रमित फेलापरेपछि यो संख्या पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार धुलिखेल अस्पतालमा भएको परीक्षणमा ३८, पोखरामा भएको परीक्षणमा १० र धरानमा भएको परीक्षणमा १ जनाको पोजेटिभ देखिएको छ ।

यस्तै भेरी अस्पतालमा भएको परीक्षणमा २० जना, सुर्खेतमा गरिएको परीक्षणमा ६४ जनाको पोजेटिभ देखिएको छ ।

lekbesi

दैलेखमा ३७ जनाको पोजेटिभ आएको छ । यस्तै हेटौडामा १ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा १७ र सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा अस्पतालमा १८ जनाको पोजेटिभ देखिएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रगोगशालामा गरिएको परीक्षणमा टेकुमा १ सय १८ जनाको पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले बताए ।

यो संगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २६६ पुगेको छ भने हाल सम्म ८ जनाको कोरोना संक्रमणबाट मृतु भएको छ।